अछाममा काेराेनाकाे दाेस्राे लहरमा ८१ जना निकाे भई घर फर्के

टेकराज भण्डारी बैशाख २९, अछाम अछाममा काेराेना महामारीकाे दाेस्राे लहरमा संक्रमित भएका मध्ये ८१ जनाले काेराेना जितेर घर फर्केका छन् ।

जिल्लाका विभिन्न स्थानीय तह, स्वास्थ्यकर्मी, कर्मचारी गरि १९ जना महिला र ६२ जना पुरुष गरी ८१ जना निकाे भई घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जाेशीले जानकारी दिनु भयाे । जिल्लामा हालसम्म १७ सय ४८ जना निकाे भई घर फर्किसकेका छन् ।

निकाे भएकाहरु जिल्ला अस्पताल, वयालपाटा अस्पताल तथा घरमै आईसाेलेशनमा बसेर स्वास्थ्यलाभ गरेका हुन् । अछाममा आज बुधबार थप ७२ जनामा काेराेना भाईरसकाे संक्रमण पुष्टि समेत भएको छ ।

जिल्लाको कमलबजार पीसीआर प्रयाेगशालामा गरिएको परिक्षणमा ६९ जना र एन्टिजेन परिक्षणमा ३ जना गरि ७२ जनामा काेराेना भाईरसकाे संक्रमण पुष्टि भएको सुचना अधिकारी जाेशीले बताउनु भयाे ।

कमलबजार पीसीआर प्रयाेगशालामा पछिल्लो २४ घण्टामा गरिएको ९६ जनाकाे स्वाब परिक्षणमा ४५ जना पुरुष र २४ जना महिला गरी ६९ जनामा कोरोना देखिएको प्रयाेगशालाका सूचनाअधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयाे ।

जसमध्ये सबैभन्दा धेरै जिल्लाको साँफेबगर नगरपालिकाका रहेका छन् । नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ६, ७ र ८ का १८ जना महिला २९ जना पुरुष गरि ४७ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि कमलबजार नगरपालिका वडा नम्बर १, २, ८ र ९ का ६ जना महिला र १३ जना पुरुष गरी १९ जना, पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ का १ जना पुरुष र ढकारी गाउँपालिका वडा नम्बर ८ का २ जना पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी बिष्टले जानकारी दिनुभयो ।

अहिले सम्म कमलबजार पिसिआर प्रयोगशालामा ५ हजार ३ सय ८१ जनाको कोरोना परीक्षण गर्दा १ हजार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म २५ सय ३५ जनामा संक्रमण भएकोमा सक्रिय संक्रमित ७ सय ७४ जना रहेका छन् । ५ सय १० जना पुरुष र २ सय ६४ जना महिला काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।

अछाममा हालसम्म १३ जनाकाे काेराेना संक्रमणका कारण ज्यान गैसकेकाे जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button