किसानलाई व्यवसायी बनाउन नगर तथा ज्ञान केन्द्रको सहयोग

टेकराज भण्डारी बैशाख २९, अछाममा पछिल्लो समय तरकारी खेतीलाई व्यवसायीक गर्ने कार्य भैरहेका छन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ मा करिब ३० जना किसानलाई छनौट गरेर कृषि ज्ञान केन्द्र, मंगलसेन नगरपालिका तथा वडामा रहेको शिवशक्ति कृषि सहकारी संस्थाले घरघरमै प्राविधिक पठाएर तरकारी खेतीका लागि प्रोत्साहन गरिरहेका छन् ।

यतिबेला संघ, प्रदेश, स्थानीय सरकारबाट कृषि क्षेत्रका विभिन्न कार्य भैरहेका छन् । मंगलसेन ६ मा पनि तरकारी खेतीका लागि प्लास्टिक टनेल घर निर्माण, तरकारी खेती गर्ने तरीका लगायतमा किसानलाई जानकारी गराउने काम भैरहेको छ ।

मंगलसेन नगरपालिका वडा न. ६मा रहेको स्थानीय शिवशक्ति कृषि सहकारी संस्थाले सहकारीमा आवद्ध किसानलाई कृषि ज्ञान केन्द्रको सहयोगमा तरकारी खेती गर्नका लागि सहजीकरण गरिरहेको छ । संस्थाले किसानलाई अभिमुखीकरण समेत गराएको छ । एकजना अर्का किसान हरिभक्त भण्डारीले ।

पछिल्लो समय वडामा तरकारी खेती गर्नेको संख्या बढीरहेको छ । बाहिरबाट तरकारी किनेर खानुभन्दा आफैले काम गर्नुपर्नेमा स्थानीय जागरुक छन् । मंगलसेन नगरपालिका वडा न.६ नवागाउँ टोल विकास संस्थाका अध्यक्ष तथा एकजना अगुवा किसान तथा नन्दाराम भण्डारीले हालै आफुहरुले किसानलाई गोलभेँडा खेती गर्ने तरिकाबारे जानकारी गराएको मंगलसेन नगरपालिकाका कृषि प्राविधिक तारा प्रसाद भण्डारी बताउनु हुन्छ ।

वडामा कृषि ज्ञान केन्द्रको ५ लाख र सहकारीको ९८ हजारको सहयोगमा २० जना किसानलाई र नगरपालिका कृषि शाखाको सहयोगमा १० जनालाई प्लास्टिक घर सहयोग गरिएको छ । शिवशक्ति कृषि सहकारी संस्थाका अध्यक्ष लोकराज भण्डारीले ।

अहिले कोरोना महामारीका कारण युवाहरु गाउँकेन्द्रीत भएका छन् । यतिबेला उनीहरु कृषि पेशाबाट आम्दानी गर्नतर्फ अघि बढ्न सक्ने अवसर पनि छ । मंगलसेन ६ का वडा अध्यक्ष जनकराज भण्डारी व्यवसायीक रुपमा तरकारी खेती गरी फाईदा लिन अनुरोध गर्नुहुन्छ ।

मंगलसेन नगरपालिकाले सदरमुकाम मंगलसेनमा किसानको सहजताका लागि कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेका वस्तु बिक्री नभए खरिद गरिदिने प्रतिबद्धता समेत जनाएको छ ।मंगलसैन नगरपालिकाका नगरप्रमुख पदम बोहरा भन्नुु हुन्छ किसानका लागि समयमै आधुनिक कृषि ज्ञान, सीप, प्रविधि, सिँचाई, मलखाद लगायतको व्यवस्था मिलाउन आवश्यक छ ।

सरकारले गरेका प्रयासलाई आत्मसाथ गर्दै व्यवसायीक रुपमा अघि बढ्न किसानहरु पनि दृढसंकल्पित भएर लाग्नुपर्छ । कृषिका हरेक क्षेत्रमा निर्वाहमुखी बाट व्यवसायीक कृषि प्रणालीतर्फ अग्रसर भएर उत्पादन बढाउनु अहिलेको आवश्यक्ता देखिन्छ उहाले बताउनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button