टेकराज भण्डारी अछाम : अछाममा बिहिवार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा गरिएको परिक्षणमा ४८ जना र एन्टिजेन परिक्षणमा ९ जना गरि ५७ जनामा काेराेना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जाेशीले जानकारी दिनुभयाे ।
कमलबजार पिसीआर प्रयाेगशालामा १ सय ४४ जनाको नमुना परीक्षण गरीएकामा ४८ जनामा संक्रमण देखिएको कमलबजार पिसीआर प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।
साँफेबगर नगरपालिका र कमलबजार पिसिआर प्रयोगशाला मार्फत १ सय ४४ जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा २९ जना पुरुष र १९ जना महिलामा संक्रमण देखिएको हो । आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको साँफेबगर नगरपालिकाका रहेका छन् ।
नगरपालिकाका वडा नम्बर १, ३, ४, ५ र ११ का १० जना महिला र १७ जना पुरुष गरि २७ जनामा संक्रमण देखिएको छ । त्यसैगरि कमलबजार नगरपालिका वडा नम्बर १ ,२ ,५ ,७, ८,९ र १० का ९ जना महिला र ९ जना पुरुष गरी १८ जना , त्यस्तै पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का १ जना पुरुष र मंगलसेन नगरपालिका वडा नम्बर ५ का १ जना पुरुष गरी ४८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।
कमलबजार प्रयाेगशालामा पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबै भन्दा बढी १ सय ४४ जनाकाे स्वाव परिक्षण भएको प्रयोगशालाले जनाएको छ ।
कमलबजार पिसिआर प्रयोगशालामा ५ हजार ६ सय २५ जनाको कोरोना परीक्षण गर्दा १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे संगै अछाम जिल्लामा हालसम्म २५ सय ९२ जनामा काेराेना भाईरसकाे संक्रमण फेला परेकाे छ । दाेस्राे लहरमा मात्रै ९ सय २० जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
हाल जिल्लामा ८ सय १ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप २९ जना काेराेना जितेर घर फर्केका जिल्ला स्वास्थ्य कार्यालय अछामका काेराेना सम्पर्क व्यक्ति मीन बहादुर कुँवरले जानकारी दिनुभयो । दाेस्राे लहरकाे काेराेना भाईरसबाट संक्रिमत मध्ये हालसम्म १ सय १० जनाले काेराेना जितिसकेका छन् ।
यस्तै अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा ९ जना गरी हालसम्म १४ जनाको कोरोनाका कारण ज्यान समेत गैसकेको छ ।