केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

संविधानको धारा ७६ (३) अनुसार संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओलीलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले गएको वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकी स्वतः पदमुक्त हुनुभएको थियो । त्यसपछि तीन दिनमा बहुमतको सरकार बनाउन राष्ट्रपतिले आह्वान गरे पनि कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

भोलि शुक्रवार दिउँसो पद तथा गोपनीयताको शपथ हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker