अछाममा थप एक कोरोना संक्रमितको मृत्यु

अछाम – अछाममा कोरोना भाईरसको दोस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

जिल्लाको साँफेबगर नगरपालिकाका एक जना संक्रमितको आज विहान बयलपाटा अस्पतालमा मृत्यु भएसँगै जिल्लामा नयाँ भेरीएन्टको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको हो ।

साँफेबगर नगरपालिका वडा नम्बर ४ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित भएपछि उनको अस्पतालको आइसोलेसनमा उपचार भईरहेको थियो ।

यसअघी बुधबार मात्रै जिल्लाको चौरपाटी गाउँपालिकाका एक जना बृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button