आज देशका धेरै ठाउँको मौसम हिजो अस्तिको भन्दा सफा

अहिले  देशका धेरै ठाउँमा घाम लागेको छ । देशका धेरै ठाउँको मौसम यतिबेला आंशिक बद्ली छ ।

आज, हिजो/अस्तिको जस्तो दिनभरि मौसम बद्ली हुने सम्भावना नरहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार प्रि मनसुनसँगै पश्चिमी न्यून चापीय क्षेत्रको प्रभाव पनि कमजोर बन्दै गएको छ । यसले गर्दा अबका केही दिन मौसममा सुधार आउने सम्भावना छ ।

तर, प्रि मनसुनको समय भएकाले दिउँसो पछि भने मेघ गर्जनसहित केही ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो । आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।

यस्तै, भोलि पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भइ दिउँसो पछि केही ठाउँमा हल्का पानी पर्ने छ । मौसमविद्ले अबको केही दिन प्रि मनसुन कमजोर हुने देखिएकाले बताएका छन् ujyaaloonline 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button