अछाममा एकैदिन २ जना कोरोना संक्रमितकोे मृत्यु

अछाम : अछाम जिल्लमा कोरोना भाईरसको संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिकाका ३ का ५६ वर्षिय पुरुष र साँफेबगर नगरपालिका ४ का ४८ वर्षीय पुरुषको कोरोना सङ्क्रमण बाट मृत्यु भएको हो ।

मंगलसेन नगरपालिकाका वडा नम्बर ३ बिसाकोटका ५६ वर्षिय पुरुषकोे कोरोना सङ्क्रमणबाट जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यहि बैसाख २३ गते कोरोना संक्रमित भएपछि उनको अस्पतालको आइसोलेसनमा उपचार भईरहेको थियो ।

आज दिउसो १२ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोसीले जनकारि दिनुभयो । श्वासप्रश्वासमा समस्या भएपछि उनको मृत्यु भएको उहाँले बताउनुभयो ।

यस्तै आज बिहान साँफेबगर नगरपालिका वडा नम्बर ४ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको थियो ।

यो सँगै अछाम जिल्लामा नयाँ भेरीएन्टको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button