अछाममा थप ८१ जना काेराेना, मंगलसेनका ७६ जना

अछाम : अछाममा शुक्रबार थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ९६ जनाको नमुना परीक्षण गरीएकामा ८१ जनामा संक्रमण देखिएको कमलबजार पिसीआर प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

वयालपाटा र कमलबजार पिसिआर प्रयोगशाला मार्फत ९६ जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा २८ जना पुरुष र ५३ जना महिला गरी ८१ जनामा कोरोना देखिएको हो ।

आज थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको मंगलसेन नगरपालिकाका रहेका छन् । नगरपालीकाका वडा नम्बर ३, ४, ५ ६ , ११ र १३ का २५ जना महिला र ५१ जना पुरुष गरि ७६ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि साँफेबगर नगरपालिका वडा नम्बर १ का ७ जना महिला ,त्यस्तै बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ का २ महिला र १ पुरुष र कमलबजार नगरपालिका वडा नम्बर १ का १ जना महिला गरी ८१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी बिष्टले जानकारी दिनुभयो ।

कमलबजार पिसिआर प्रयोगशालामा ५ हजार ७ सय २१ जनाको कोरोना परीक्षण गर्दा १ हजार २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल सम्म अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १० जना गरी हालसम्म १५ जनाको कोरोनाका कारण ज्यान समेत गैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button