अछाममा थप ४० जना कोरोना जितेर घर फर्के

अछाम : जिल्लामा शनिबार थप ४० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो सहित दोस्रो लहरमा जिल्लाका विभिन्न स्थानीय तहका, स्वास्थ्यकर्मी, कर्मचारी र अन्य गरि ५७ जना महिला र १ सय १८ जना पुरुष गरी १ सय ७५ जना निको भएका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७ सय ३९ जना संक्रमित होम आईसोलेशनमा बसिरहेका छन् , भने ५६ जना अस्पतालको आईसोलेशनमा रहेका छन् । यसैबिच अछामा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकामा ११ जनाको स्वाव संकलन गरि गरिएको एन्टिजेन परीक्षणमा जिल्लाको साँफेबगर नगरपालिकाका १ जना र मंगलसेन नगरपालिकाका २ जना गरि जम्मा ३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी  जोसीले जानकारी बताउनुभयो ।

यो सहित अछाममा दोस्रो लहरमा १ हजार १७ जनामा कोरोना पुष्टि हुदा , आज सम्म २ सय ८३ जना महिला र ५ सय ४८ जना पुरुष गरि ८ सय ३१ जना सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

यो संगै अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहर ११ जना गरि १६ जनाको कोरोनाबाट मृ’त्यु भईसकेको छ । 

यता अछाम जिल्लाको एक मात्र पिसिआर प्रयोगशाला स्वाब परिक्षण बन्द भएको छ । प्राविधिक कारणले प्रयोगशाला पिसिआर परिक्षण अनिश्च भएको जनाईएको छ ।

प्रयोगशालाले एक सुचना जारी गर्दै कोरोना परिक्षण अर्को सुचना नआउञ्जेल सम्मका लागि बन्द भएको जनाएको छ । पिसिआर मेसिनमा समस्या आएका कारण कोरोना परिक्षण बन्द भएको सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

जिल्लामा एक मात्र पिसिआर प्रयोगशाला हुदाँ अछाम जिल्लालाई सहज भएको थियो । तर त्यही प्रयोगशाला बन्द हुदाँ कोरोना परिक्षण अनिश्चत बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button