बयलपाटा अस्पताल लाई आर्थिक सहयोग

अछाम : एकिकृत नेकपा माओवादीका युवा नेता, साँफेबगर नगरपालिका वडा नम्बर २ झकाले निवासी सुरत भुलले न्याय हेल्थ नेपाल बयलपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।

उनले बयलपाटा अस्पताललाई स्वास्थ्य सामग्री खरिदको लागि व्यक्तिगत रुपमा ५१ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।समग्र स्वास्थ्य सेवालाई थप सुधार तथा कोभिड –१९ का सङ्क्रमितको उपचारमा सहज होस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराएको युवा नेता भुलले बताए ।

कोभिडका सङक्रमित बढ्दै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान गरिएको उनको भनाई छ ।

अस्पतालको स्वास्थ्य सेवा सुधारका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने बताए । उनले कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औँल्याएका छन् ।

५१ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गर्दै उनले यो बिपत्तिको घडीमा अरुलाई पनि सहयोग गर्न आग्रह गरे ।

अस्पतालमा अक्सिजन लगायत स्वास्थ्य उपकरणको अभाव भइरहेका बेला उनको आर्थिक सहयोगले केही राहत पुग्ने अस्पताल स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button