
अछाम : नेपाली काङ्ग्रेस बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका पुर्व वडा अध्यक्ष तथा समाजसेवी नवराज थापाले अस्पताल लाई आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँले आफ्नो ६१औं जन्मदिनको अवशर पारेर टिकापुर अस्पताल लाई १३ हजार आर्थिक सहयोग गर्नुभएको हो ।
टिकापुर अस्पतालमा भेन्टिलिटर र आईसीयू स्थापना सँगै स्वास्थ्य सामग्री खरिदमा सहजताको लागि भन्दै आर्थिक सहयोग गरेको बताउनुभएको छ ।
अस्पतालमा भेन्टिलिटर र आईसीयूको अभावमा बिश्वभर कोरोना भाईरसको सङ्क्रमणका कारण सक्रमितले विभिन्न समस्या भोग्न नपरोस भन्ने उदेश्यका साथ सहयोग गरेको बताउनुभयो ।
समाजसेवी थापाले बिपत्तिको घडीमा अस्पताललाई आर्थिक सहयोगले केही मात्रामा राहत पुग्ने भन्दै जन्मदिनको अवशरमा फजुल खर्च नगरी सक्दो सहयोग गरेको उल्लेख गर्नुभयो ।
आउने दिनमा पनि अस्पताल लाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यश भन्दा अघि पनि थापाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । आर्थिक अभावका कारण विभिन्न समस्या भोगी रहेका नागतिक लाई निरन्तर सहयोग रहने उल्लेख गर्नुभयो ।
