बालबालिकाको पढाई बिग्रन नदिने जिम्मेवारी अभिभावकको : बिष्ट

अछाम : मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र बिष्टले आफ्ना बालबालिकाको पढाई बिग्रन नदिने जिम्मेवारी अभिभावकको भएको बताउनुभएको छ ।

कोरोनाको कहरले सबै शैक्षिक संस्थाहरु ठप्प भएको यो अवस्थामा विद्यार्थिको पहिलो पाठशाला घरमा अभिभावकले आफ्ना छोराछोरीको पढाईका बारेमा पढि चासो र चिन्ता राख्नुपर्ने बताउनुभयो बालबालिकाहरु यस्तो समयमा पढाईमा ध्यान नदिने र यसले गर्दा उनीहरुले विद्यालयमा पढेका कुराहरुपनी बिर्सदैजानेहुदा त्यही कारण पढाई बिग्रने भएकाले घरका अभिभावकले आफ्ना छोराछोरीलाई केही समय निकालेर भएपनी पढाईलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

यो निषेधाज्ञालाई अवसरको रुपमा प्रयोगगरि उनीहरुलाई आफ्नो घरायसी काममा लगाई आफ्नो संस्कार सस्कृतिका बारेमा समेत जानकारी गराउनुपर्ने शिक्षा शाखा प्रमुख बिष्टको भनाई छ ।

रेडियो गाउँघरको शैक्षिक सरोकार कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख बिष्टले कोरोनाको भयावह अवस्थामा बालबालिकालाई जोगाउनु अभिभावकको पहिलो दायित्व भएकाले उनीहरुलाई कोरोना बाट जोगाउनुपर्ने र बाकी समयमा पढाईलाई जोड दिनुपर्ने उहाको भनाई छ ।

विद्यार्थिहरुले पनी घरमा स्व अध्यान गरेर पढाईलाई निरन्तरता दिनुपर्ने तथा पढ्दा पढ्दै केही अफ्ठेरो लागेमा आफ्ना नजिकका आफन्त तथा शिक्षकहरुलाई फोन सम्पर्कगरेर भएपनी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

विद्यालय बन्द भएको अवस्थामा शिक्षकहरुले पनी आफ्ना समुदायका अभिभावकलाई भेटघाट हुदा वा फोन गरेर भएपनी बालबालिकाको पढाईका बारेमा चासो लिनुपर्ने बताउदै समाजका हरेक सचेत नागरिकले यस्ता कुरामा सहयोग गर्नुपर्ने शिक्षा शाखा प्रमुख बिष्टको भनाई छ ।

आफुपनी कोरोना सक्रिमीत भएकाले सुरक्षित तरिकाले होम आईसुलेसनमा बसेको हुदा यस्तो अवस्थामा कोरोनाबाट जोगीन सबैलाई सुझाव समेत दिनुभएको छ ।

यता मंगलसेन नगरपालिका वडा न ६ मा रहेको गंगा माविमा गणीत र बिज्ञान बिषय आध्यापन गराई रहनु भएका शिक्षक बिक्रम सिं बिष्टले यस्तो अवस्थामा विद्यार्थिहरुलाई कुनैपनी समस्या आएमा आफुलाई सम्पर्क गरेर भएपनी समस्याको समाधान गर्न सकीने बताउनु भएको छ ।

बालबालिकाहरुले विद्यालय बन्दहुदा पढाई छोडेकाले पढाईलाई निरन्तरता दिन समेत अनुरोध गर्नुभएको छ । लगडाउनलाई अवसरको रुपमा प्रयोगगरि आफ्नो पढाईलाई निरन्तरता दिईरहन विद्यार्थिलाई शिक्षक बिष्टले सुझाव दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button