मंगलसेन नगरपालिकाद्वारा कमलबजार पिसिआर प्रयोगशाला लाई सहयोग

जेठ, २ अछाम : अछामको मंगलसेन नगरपालिकाले कमलबजार पिसिआर प्रयोगशालालाई थप ५ लाख सहयोग गरेको छ ।

नगरपालिकाले आज ५ लाख रुपयाँको चेक प्रयोगशालालाई हस्तान्तरण  गरेको हो ।

अछाममा एक मात्र पिसिआर प्रयोगशालाको नियमित संचालनमा सहयोग पुगोस् भन्ने हेतुले थप पाँच लाख सहयोग गरेका नगरप्रमुख पदम बहादुर बोहराले बताउनुभयो ।

उहाले जिल्लाका अरु स्थानीयतहले पनि पिसिआर प्रयोगशाला लाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

कोरोना परिक्षणका लागि कमलबजार पिसिआर प्रयोगशाला मात्रै रहेकाले उक्त प्रयोगशालालाई नियमित संचालनका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने नगर प्रमुख बोहराको भनाई रहेको छ ।

मंगलसेन नगरपालिकाले यसअघि समेत ५ लाख रुपयाँ आर्थिक सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button