
होम साउद, अछाम २ जेठ : मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले नगरको प्रकोप व्यवस्थापन कोषमा १ लाख ५ सय रकम सहयोग गर्नुभएको छ ।
नगर-प्रमुख बोहराले १ लाख ५ सयको चेक कोषमा जम्मा गर्ने गरि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद उपाध्यायलाइ हस्तान्तरण गर्नुभएको हो ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सहयोग पुगोस भन्ने हेतुले आफुले कोषमा सहयोग गरेको नगरप्रमुख बोहराले बताउँनुभयो ।
आफु कोरोना संक्रमित भएर कोरोना बिमा वाफत प्राप्त गरेको रकममा आफुले पनि केही रकम थप गरेर प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिदिएको उहाँको भनाइ छ ।

कोरोना संक्रमित भएर पनि आफु अहिले स्वस्थ रहेको भन्दै संक्रमित अन्य नागरिकहरुको ज्याँन जोगाउँन अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री खरिदमा सहयोग पुगोस भन्ने चाहना रहेको बोहराको भनाइ छ ।
नगरप्रमुख बोहराले गत वर्ष पनि नगरपालिकाको कोरोना कोषमा १ लाख ५ सय सहयोग गर्नुभएको थियो ।
मंगलसेन नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट आवश्यकता अनुसार नगरपालिकाका स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापनमा खर्च गर्न सकिने नगरपालिकाले जनाएको छ ।
यसैविचः मंगलसेन नगरपालिकाले दोस्रोपटक कमलवजार नगरपालिकामा सञ्चलित आर टी पिसिआर परिक्षण प्रयोगशालाको लागि रु ५ लाखको चेक हस्तान्तरण गरेको छ ।
आइतबार एक कार्यक्रमका विच नगर प्रमुख पदम बहादुर वोहराले कमलबजार नगरपालिकाका जनस्वास्थ्य अधिकृत चक्र बहादुर विष्ट लाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो ।

यस अघि पनि नगरपालिकाले २०७७ पुष २६ गते रु ५ लाख प्रयोगशालाको स्तर उन्नतिको लागि हस्तान्तरण गरेको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद उपाध्याय, स्वास्थ्य संयोजक मान बहादुर सोडारी, सूचना अधिकारी विष्णु प्रसाद जैसी र स्टोरकिपर नरेश बहादुर कठायतको सहभागीता रहेको नगरपालिकाका एम आइ एस अपरेटर होम बहादुर साउदले जानकारी दिनुभयो ।