
चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने
काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री तथा जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
निमोनियाबाट थलिएका केसीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई कोरोना पाेजेटिभ पनि देखिएको छ । केसीको उपचारमा खर्च अभाव भएपछि राष्ट्रिय जनमोर्चाले बुधबार सहयोगको अपिल गरेको थियो ।