अछाममा एकैदीन थप २ जना कोरोना संक्रमितको मृ’त्यु

अछाम : अछामका थप २ जना कोरोना संक्रमितको आज मृ’त्यु भएको छ । मृ’त्यु हुने दुबै जना जिल्लाको मेल्लेख गाउँपालिकाका रहेका छन् ।

गाउँपालिकाको वडा नम्बर ५ विन्देबासीनीका ७३ वर्षीय पुरुष र वडा नम्बर ८ हात्तीकोटका ६३ वर्षीय पुरुषको मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

७३ वर्षीय पुरुषको वडा नम्बर ५ को कोभिड अस्पतालको आईशोलेसन वार्डमा मृ’त्यु भएको हो । उनमा आजै एन्टीजेन विधिबाट गरीएको परीक्षणमा कोरोेना संक्रमण पुष्टी भएको थियो ।

स्वासप्रश्वासमा समस्या आएका कारण उनको मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोरोना सम्पर्क व्यक्ती मीन बहादुर कुवँरले जानकारी दीनुभयो ।

यस्तै आजै मृ’त्यु भएका हात्तीकोटका ६३ वर्षीय पुरुषको भने डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । वैशाख २९ गते कोरोना पुष्टी भएका उनलाई डडेल्धुरा अस्पतालबाट घर ल्याउने क्रममा आज दीउँसो साढे १ बजेतिर बाटोमै मृ’त्यु भएको बताईएको छ ।

यो संगै अछाममा कोरोनाको पहिलो र दोस्रो लहरमा गरी १८ जनाको मृ’त्यु भईसकेको छ । यसैबिच आज अछाममा १३ जना कोरोना संक्रमित थपीएका छन् ।

जिल्लाका विभिन्न ठाउँमा भएको एन्टीजेन परीक्षणमा १३ जनामा संक्रमण पुष्टी भएको हो । जम्मा २७ जनाको स्वाव संकलन गरी भएको परीक्षणमा १३ जनाको रीपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज अछाममा ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हाल जिल्लामा ८ सय ६ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७ सय ३६ जना होम आईशोलेसनमा र ४० जना अस्पतालको आईशोलेसनमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button