साँफेबगर नगरपालिकाले पिसिआर प्रयोगशालालाई थप ४ लाख सहयोग गर्ने

अछाम : साँफेबगर नगरपालिककाले कमलबजार पिसिआर प्रयोगशालालाई थप ४ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

यसअघि प्रयोगशालालाई ५ लाख सहयोग गरेको नगरले आज थप ४ लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख कुलबहादुर कुवँरले बताउनुभएको छ ।

जिल्लामा एकमात्र पिसिआर प्रयोगशाला रहेको र सो प्रयोगशालालाई नियमित संचालनका लागि आर्थिक सहयोग गर्ने निर्णय कार्यपालिकाले गरेको नगर प्रमुख कुवँरको भनाई छ ।

कार्यपालिकाको ११ औँ बैठकले बयालपाटा अस्पताललाई पनि थप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख कुवँरको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्यका सामाग्री खरिद गर्ने, कोभिड १९ सम्बन्धी जनचेतना जगाउने लगायतका निर्णय गरको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।

बैठकमा नगर उपप्रमुख बिर्मला बुढथापा, सबै वडाका वडाध्यक्ष लगायतको सहभागती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button