
अछाम : जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र खड्काले गाँउपालिकाको गाडीलाई बिरामीको प्रयोगका लागि दिनुभएको छ ।
उहाले गाँउपालिकाले प्रयोग गर्दै आएको गाडी कोरोना संक्रमित बिरामीको लागि दिनुभएको छ ।
अध्यक्ष खड्काले आफुले प्रयोग गर्दै आएको गाडी निषेधाज्ञाको अवधिभर बिरामी बोक्ने प्रयोजनको दिने निर्णय गर्नुभएको हो ।
गाँउपालिकाका बिरामीलाई जिल्ला बाहिर नेपालगञ्ज, धनगढी वा जिल्ला भित्रै बयालपाटा अस्पताल तथा जिल्ला अस्पताल लैजानु परे आफ्नो गाडी दिने उनले बताउनुभयो ।
गाँउपालिकाले यसअघि एक गाडी भाडामा लिएर भएपनि बिरामीलाई बोक्न प्रयोग हुदैँ आएको छ ।
अध्यक्ष खड्काले पालिकाका वडा देखि गाँउ टोलबाट बिरामी लिएर अस्पताल पुर्याउन गाडी भाडामा लिएर जनतालाई निशुल्क सेवा दिएको बताउनुभयो ।
कोरोना रोकथाम र नियन्त्रण गर्न गाँउपालिका क्रियाशिल रहेको उनले बताउनुभएको छ ।