रामाराेशनकाे काेभिड अस्पतालमा १० थान अक्सिजन सिलिन्डर

टेकराज भण्डारी, जेठ ३, अछाम अछामकाे रामाराेशन गाउँपालिकाकाे काेभिड अस्पतालमा अक्सिजनकाे व्यवस्थापन गरिएको छ । गाउँपालिकाले स्थापना गरेकाे काेभिड अस्पताल शान्तडामा १० थान अक्सिजन सिलिन्डर जडान गरिएको हाे ।

काठमाण्डाैबाट अक्सिजन सिलिन्डर ल्याएर गाउँपालिकाकाे काेभिड अस्पतालमा जडान गरिएको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयाे ।

गाउँपालिकामा पनि काेराेना संक्रमणका गम्भीर विरामी रहेका र उनीहरुलाई केही हदसम्म सहद हाेस् भनेर अक्सिजन सिलिन्डरको व्यवस्थापन गरिएको उपाध्यक्ष रावलकाे भनाइ छ ।

बढी सिलिन्डर ल्याउने पालिकाकाे याेजना रहेपनि सिलिन्डर नपाईएकाे र हाललाई १० थान अक्सिजन सिलिन्डर अस्पतालमा जडान गरिएको उहाँले बताउनु भयाे ।

कोरोनाको लक्षण देखाएमा, संक्रमण भई हाेम आईसाेलेशनमा बसेर श्वास प्रश्वासमा समस्या देखिएमा तुरुन्त रामारोशन गाउँपालिका स्वास्थ्य शाखामा र गाउँपालिकामा सम्पर्क गर्न समेत उपाध्यक्ष रावलले आग्रह गर्नुभएकाे छ ।

काेराेना भाईरस संक्रमणकाे दाेस्राे लहरमा गाउँपालिकाका ३१ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । हाल २८ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म गाउँ पालिकाका १ सय ६२ पुरुष र ८३ महिला गरि २ सय १५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ भने १ जनाकाे ज्यान समेत गैसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button