अछाममा २ सय ७३ जनाले कोरोना जिते

अछाम : जिल्लामा २ सय ७३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

जसमा ८९ महिला र १ सय ८४ जना पुरुष रहेका छन् । अछाम जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ५१ रहेको छ ।

२ सय ६२ महिला र ४ सय ८९ पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

जिल्लामा दोश्रो लहरमा १३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button