मंगलसेन नगरपालिका- १ का ४२ जना किशोरीलाई राहत वितरण

शंकर थापा, कार्तिक २७ अछाम

कार्यमुलक साक्षरता कक्षाका सहभागीहरुका लागि राहत बितरण कार्यक्रम मंगलसेन नगरपालिका वडानम्वर १ मा सम्पन्न भएको छ ।

वाक नेपालकाे सहयाेग र मंगलसेन नगरपालिकाकाे सहजिकरणमा राहत वितरण गरिएको हाे ।

कक्षा सञ्चालन भएका वाक नेपालका अध्यक्ष मीन बहादुर कुवरकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहरा रहनुभएकाे थियाे ।

राहत बितरण गर्दै नगरप्रमुख बाेहराले बिद्यालय बिमुख किसाेरिहरुलाई साक्षर बनाउन र बृहत् याैनिक शिक्षाका बारेमा जानकारी गराउनका साथै उनिहरुलाई राहत समेत बितरण गरेकामा धन्यवाद ब्यक्त गर्नुभयाे ।

शिक्षा, स्वास्थ्य र सरसफाईका कार्यमा जिम्मेवार हुन किशोरी तथा महिलाहरुलाई आग्रह गर्नुभयो ।

काेराेना भाईरसबाट बच्नका लागि सरसफाइमा ध्यान दिने, मास्क लगाउने र भिडभाडमा नजाने लगायतका कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।

नगर प्रमुख बाेहराले ब्यावसायिक कृषि र पशुपालन तर्फ स्थानीयले जाेड दिएमा नगरपालिका बाट विभिन्न अनुदानका कार्यक्रम उपलब्ध गराईने उल्लेख गर्नुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि वडा अध्यक्ष गाेपाल थापा रहनुभयकाे थियाे । वडा अध्यक्ष थापाले वडामा ४२ जना किसाेरिहरुलाई राहत बितरण गरेकाेम वाक नेपाललाई धन्यवाद दिनुभयो ।

संस्थालाई आगामि दिनमा पनि किशोरीलाई लक्षित कार्यक्रम सञ्चालन गरिदनि आग्रह गर्दै अध्यक्ष थापाले वडाको तर्फबाट सम्पूर्ण सहयाेग गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

संस्थालाई आगामि दिनमा पनि किशोरीलाई लक्षित कार्यक्रम सञ्चालन गरिदनि आग्रह गर्दै अध्यक्ष थापाले वडाको तर्फबाट सम्पूर्ण सहयाेग गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा वडा कमिटी सचिव कमल थापा, वडा सदस्य गंगा थापा, स्वास्थ्य चाैकि ईञ्चार्ज अर्जुन बाेहरा, नगरपालिकाका एम आई एस अपरेटर हाेम बहादुर साउद, पत्रकार महासंघका सहसचिव मेनुका ढुंगाना, वाक नेपालका मिल अफिसर जगत रावल लगायतका अतिथि रहनुभयकाे थियाे ।

राहत बितरण कार्यक्रममा २ वटा कक्षाका ४२ जनालाई प्रतिब्यक्ति ३० किलाे चामल, दाल ३, नुन २ चिनि २ तेल २ लिटरका दरले खाद्यान्न र स्वास्थ्य सामग्री गरि एक जनालाई ५ हजार ७ सय १९ बराबरकाे सामाग्रि बितरण गरिएको थियाे । कार्यक्रमकाे सञ्चालन वाक नेपालका कविराज जाेशिले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button