कमलबजार पिसिआर प्रयोगशाला पुन सूचारु

अछाम : जिल्लाको एक मात्र पिसिआर प्रयोगशाला पुन सुचारु भएको थियो ।

प्राविधिक समस्याका कारण बैशाख ३० गते बन्द भएको प्रयोगशाला आजबाट सुचारु भएको हो ।

प्रयोगशालामा नयाँ उपकरण जडान गरेसंगै स्वाब परिक्षण सुरु भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले बताउनुभयाे ।

आज देखि संकलन भएका स्वाब परिक्षण गरिने र थप स्वाब संकलन गरेर प्रयोगशालामा पठाउन सकिने उहाँले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button