
सांसद बोगटीद्धारा अस्पताल लाई स्वास्थ्य सामाग्री प्रदान
चन्द्र प्रसाद भाट,अछाम । प्रतिनिधि सभाका सदस्य तथा अछाम निर्बाचन क्षेत्र नः २ बाट निर्बाचित सांसद यज्ञ बहादुर बोगटीले कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेका बेला कोरोना संक्रमितको उपचारमा सहज होस भन्ने उदेश्यका साथ जिल्ला स्वास्थ्य कार्यालय अछामलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अछामलाई सांसद बोगटीले अक्सिजन सिलिण्डर लगाएतका अन्य स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको सांसद बोगटीले बताउनुभयो ।
कोरोना संक्रमितको उपचार गर्न समस्या नहोस भनेर आफुले स्वास्थ्य सामाग्री पठाएको सांसद बोगटीले बताए ।
समस्याका बाबजुुत पनि अहिले थोरै भएपनि सामाग्री पठाएको भन्दै बोगटीले अछामी जनतालाई यस महामारीबाट जोगाउनका लागी आफुै अझै खटिरहेको बताए । जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै आफु केन्द्रमा अहारात्र रुपमा लागपरेको बताउँदै उनले यस महामारीमा स्वास्थ्यका मापदण्ड अपनाउन पनि आग्रह गर्नुभयो ।
सांसद बोगटीले भने,म तपाईँहरुकै साथमा छुँ । नआँत्तिनुहोस्,तपाईले मलाई दिनुभएको अपार माया मैले कहिले बिर्सन सक्छुँ र । तपाईहरुकै मायाले गर्दा अहिले म संसदमा बोल्न सक्ने भएको छुँ, उनले भने प्राण रहेसम्म जनताकै पक्षमा बोल्ने प्रयास गर्नेछुँ ।