
अछाममा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
अछाम : अछाममा मंगलबार थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशाला ४८ नमुना परीक्षण गरीएकामा ४२ जनामा संक्रमण पुष्टी भएको हो ।
मंगलसेन नगरपालिका मार्फत ४८ जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा ४२ जनामा कोरोना देखिएको हो ।
थपीएका संक्रमितम सबै जिल्लाको मंगलसेन नगरपालिका छन् । नगरपालिका वडा नम्बर ३, ४,५,७ र ८ का २९जना पुरुष र १३ जना महिलामा संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दीनुभयो ।
हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ५ हजार ७ सय ६९ जनाको कोरोना परीक्षण गर्दा १ हजार ३ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल सम्म अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १३ जना गरी १८ जनाको कोरोनाका कारण ज्यान समेत गैसकेको छ ।