अछाममा थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

अछाम : अछाममा बुधबार एकैदिन १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणमा ३१ जना महिला र १ सय २६ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

जसमा कमलबजार नगरपालिकाका मात्रै १८ महिला र ६२ पुरुष गरी ८० जना रहेका छन् ।

यस्तै तुर्माखाँद गाँउपालिकाका ६ महिला र १३ पुरुष गरी १८ जना, मंगलसेन नगरपालिकाका ३ महिला र ९ पुरुष गरी १२ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार मेल्लेख गाँउपालिकाका ४ महिला र ४२ पुरुष सहित ४६ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button