
अछाम : अछाममा बुधबार एकैदिन ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
जिल्लाको विभिन्न ठाउँका ९१ जना कोरोना संक्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
अब जिल्लाभर ८ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ सय २१ जना होम आईसोलेसनमा छन् भने २१ जना अस्पतालको आईसोलेसनमा रहेका छन् ।
आज आईसोलेसनबाट नीको भई ४ जना बिरामी डीस्चार्ज भएका छन् भने ५ जना नयाँ बिरामी भर्ना भएका छन् ।
यसैबिच अछाममा आज थप १० जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
जिल्लाका विभिन्न ठाउँमा २३ जनाको स्वाव संकलन गरी भएको एन्टीजेन परीक्षणमा १० जनामा संक्रमण पुष्टी भएको हो ।