
टेकराज भण्डारी अछाम : अछाममा बुधबार एकैदिन १ सय ६७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा गरिएको परिक्षण र एन्टिजेन परीक्षण गरि १ सय ६७ जनामा काेराेना भाईरसकाे संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जाेशीले जानकारी दिनुभयाे ।
कमलबजार पीसीआर प्रयाेगशालामा १ सय ९२ नमुना परीक्षण गरीएकाेमा १ सय ५७ जनामा र २३ जनामा एन्टिजेन परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
मंगलसेन नगरपालिका, तुर्माखाँद गाँउपालिका, मेल्लेख गाँउपालिकाका र कमलबजार प्रयोगशाला मार्फत गरिएको परिक्षणमा ३१ जना महिला र १ सय २६ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको कमलबजार नगरपालिकाका रहेका छन् ।
नगरपालिकाका वडा नम्बर १, २, ६, ७, ८, ९ र १० का १८ जना महिला र ६२ जना पुरुष गरी ८० जनामा संक्रमण देखिएको छ ।
यस्तै तुर्माखाँद गाँउपालिका वडा नम्बर ६ का ६ जना महिला र १३ जना पुरुष गरी १८ जना, मंगलसेन नगरपालिका वडा नम्बर ५, ६, र ७ का ३ जना महिला र ९ जना पुरुष गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेल्लेख गाँउपालिका वडा नम्बर १, २, ३, ४ र ५ का ४ जना महिला र ४२ जना पुरुष गरि ४६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ५ हजार ९ सय ६१ जनाको कोरोना परीक्षण गर्दा १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
याे संगै हालसम्म अछाममा २९ सय ३९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । २ हजार ६० जना निकाे भैसकेका छन् भने ८ सय ६१ जना सक्रिय संक्रमित पुगेका छन् । हाल सम्म अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १३ जना गरी १८ जनाको कोरोनाका कारण ज्यान समेत गैसकेको छ