
जिल्ला अस्पताल र बयलपाटा अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान
कमल रावल, जेठ ५ अछाम
भुल एकता समाज अछामले जिल्ला अस्पताल अछाम र बयलपाटा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । एकता समाजले अहिलेको कोरोना महामारीलाई मध्यनजर गर्दै अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको जनाएको छ ।
बर्तमान परिस्थितीमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको योग्दान कोरोना रोकथाम र नियन्त्रणमा महत्वपूर्ण रहेको भन्दै स्वास्थ्य सुरक्षाका समाग्री प्रदान गरिएको समाजका अछाम प्रतिनिधी सेत बहादुर भुलले बताए ।
भुलका अनुसार समाजले दुवै अस्पताललाई पिपिई सेट १०÷१० थान, सर्जिकल मास्क २५÷२५ पोका, एन ९५ मास्क ५०÷५० थान र फेस सिल्ड २५÷२५ थान बयालपाटा अस्पताललाई हस्तान्त्ररण गरिएको हो ।
जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर अतुल भारद्धाज र बयलपाटा अस्पतालमा मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकलाई हस्तान्तरण गरिएको थियो । समाजको सहयोगले अस्पतालहरुलाई केही हदसम्म राहत हुने अस्पतालका प्रमुखहरुले बताएका छन ।
