कोरोना सङ्क्रमणका कारण डीएसपी राजकुमार केसीको निधन

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार केसीको ज्यान गएको छ ।

नेपाल प्रहरी अस्पतालमा उपचाररत उहाँको गएराति १ बजेर ४० मिनेटमा ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । दुई हप्ता अगाडि उहाँलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । https://ujyaaloonline.com/ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button