
अछाम – अछाममा बिहीबार थप ७५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ९६ नमुना परीक्षण गरीएकामा ७५ जनामा संक्रमण पुष्टी भएको हो ।
तुर्माखाँद गाँउपालिका, साँफेबगर नगरपालिका मार्फत ९६ जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा १६ जना महिला र ५९ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
आज थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको तुर्माखाँद गाँउपालिकाका रहेका छन् ।
गाँउपालिका वडा नम्बर ६, ७ र ८ का ३ जना महिला र ३८ जना पुरुष गरी ४१ जनामा संक्रमण देखिएको छ । त्यस्तै साँफेबगर नगरपालिका वडा नम्बर १, २, ३, ४, ६, ७, ८, ९ र १४ का १२ जना महिला र १८ जना पुरुष गरी ३० जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार कमलबजार नगरपालिका वडा नम्बर ४ र ८ का १ जना महिला र ३ जना पुरुष गरी ४ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ५७ जनाको कोरोना परीक्षण गर्दा १ हजार ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।