
अछाममा आज ९५ जनामा काेराेना संक्रमण पुष्टि, ६२ जना निकाे
टेकराज भण्डारी जेठ ६, अछाम अछाममा आज थप ९५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा गरिएको परिक्षण र एन्टिजेन परीक्षण गरि जम्मा ९५ जनामा काेराेना भाईरसकाे संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जाेशीले जानकारी दिनुभयाे ।
कमलबजार पीसीआर प्रयाेगशालामा गरीएकाे परिक्षणमा ९३ जना तथा ५ जनामा एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको तुर्माखाँद, कमलबजार तथा साँफेबगर लगायतका पालिकाबाट संकलित स्वाबकाे रियल टाईम पीसीआर परिक्षण गरिएको ९३ जनामा काेराेना भाईरसकाे संक्रमण पुष्टि भएको हाे ।
आज अछाममा सक्रिय संक्रमित मध्ये ६२ जना निकाे भएका छन् । जिल्लाका अस्पताल, संस्थागत तथा हाेम आईसाेलेशनमा बसेका ६२ जना निकाे भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
याे संगै दाेस्राे लहरमा ४ सय ५५ जना काेराेना जितेर निकाे भई घर फर्किसकेका छन् । हालसम्म अछाममा ३ हजार ३४ जनामा काेराेना संक्रमण पुष्टि भैसकेको छ ।
जसमा २२ सय ५० पुरुष तथा ७ सय ८४ जना महिला रहेका छन् । १६ सय १७ पुरुष र ५ सय ५ महिला गरि पहिलाे र दाेस्राे लहरमा गरि हालसम्म जम्मा २१ सय २२ जना निकाे भई घर फर्किसकेका सूचना अधिकारी जाेशीले बताउनु भयाे ।
हाल जिल्लामा ६ सय १५ पुरुष तथा २ सय ७९ जना महिला गरि ८ सय ९४ जना काेराेना भाईरसका सक्रिय संक्रमित पुगेका छन् ।
हाल सम्म अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १३ जना गरी १८ जनाको कोरोनाका कारण ज्यान समेत गैसकेको छ ।