वाक नेपालद्धारा १६१ किशोरीलाई खाद्यान्न र सरसफाई सामाग्री सहयोग

कमल रावल, कात्तिक २७ अछाम
कार्यमुलक साक्षरता कक्षाका सहभागीहरुका लागि राहत बितरण कार्यक्रम जिल्लाको मंगलसेन नगरपालीका र चौरपाटि गाउपालिकाका थुप्रै वडामा सम्पन्न भएको छ । वाक नेपाल र यूनेस्कोको साझेदारीमा संचालित कार्यमूलक साक्षरता कक्षामा सहभागी भएका किशोरी तथा यूवा महिलाहरुलाई राहत स्वरुप खाद्यान्न र सरसफाई सामाग्री सहयोग गरिएको हो ।

मंगलसेन नगरपालीका ४ र चौरपाटी गाउपालीका २ वडा गरि ६ वडाका १ सय ६१ किशोरी तथा यूवा महिलाहरुलाई खाद्यान्न र सरसफाई सामाग्री सहयोग गरिएको हो । कोरोना भाईरस (कोभिड १९ ) का कारण बिशेष गरि किशोरी तथा यूवा महिलाहरुमा उत्पन्न खाद्य संकट तथा सरफाईको जोखिम लाई न्यूनिकरण गर्ने उदेश्यका साथ कार्यमूलक साक्षरता कक्षामा सहभागिहरु लाई खाद्यान्न र सरसफाइका सामाग्री सहयोग गरिएको वाक नेपालले जनाएको छ ।

राहत स्वरुप प्रत्येक ठाउमाm प्रति ब्यक्ति ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन, २ किलो चिनी, २ लिटर तेल, साबुन ६ पिस, सर्जिकल मास्क २० पिस, स्यानेटरी प्याड २० पिस, ग्लोब्स लगायतका खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ ।

मंगलसेन नगरपालीका वडा नम्बर १ मा भएको वितरण कार्यक्रमको अध्यक्षता वाक नेपालका अध्यक्ष मीन बहादुर कुवरले गर्नु भएको थियो भने प्रमुख अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा रहेका थिए । राहत बितरण गर्दै नगर प्रमुख बोहराले बिद्यालय बिमुख किसशोरिहरुलाई साक्षर बनाउन र बृहत् यौनिक शिक्षाका बारेमा जानकारी गराउनका साथै उनिहरुलाई राहत समेत बितरण गरेकामा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

शिक्षा, स्वास्थ्य र सरसफाईका कार्यमा जिम्मेवार हुन किशोरी तथा महिलाहरुलाई नगर प्रमुख बोहराको आग्रह छ । कार्यक्रमका बिशिस्ट अतिथि वडा नम्बर १ का अध्यक्ष गोपाल थापाले वडामा ४२ जना किशोरिहरुलाई राहत बितरण गरेकोमा वाक नेपाललाई धन्यवाद ब्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन वाक नेपालका कविराज जोशिले गर्नु भएको थियो ।

यता मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासेनमा भएको राहत वितरण कार्यक्रमको अध्यक्षता वाक नेपालका उपाध्यक्ष बल बहादुर केसीले गर्नु भएको हो भने प्रमुख अतिथी मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय रहनु भएको थियो । प्रमुख अतिथी उप प्रमुख उपाध्यायले शिक्षा, स्वास्थ्य र सरसफाईका कार्यमा जिम्मेवार हुन किशोरी तथा महिलाहरुलाई आग्रह गर्नु भयो । आगामी दिनमा समेत राहतका कार्यक्रम संस्था र स्थानिय सरकारको सहयोगमा निरन्तर जारी रहने बताउनु भयो ।

वडा अध्यक्ष जनकराज भण्डारी विशिष्ट अतिथी रहनु भएको कार्यक्रममा वडा सदस्य, प्रहरी, पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन वाक नेपालका कार्यक्रम संयोजक हरिशचन्द रावलले गर्नुभएको थियो । आजै राहत वितरण कार्यक्रम मंगलसेन नगरपालीका वडा नम्बर १२ बान्नातोली, वडा नम्बर १३ बस्ती, चौरपाटी गाउपालीका वडा नम्बर ६ दुनी, वडा नम्बर ७ मार्कुमा समेत सम्पन्न भएको वाक नेपाल अछामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button