
जेठ ६ बिक्रम परियार लुंग्रा अछाम ।
लुंग्रेली समाज अछामले चाैरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रामा स्वास्थ्य सामाग्री बितरण गरेकाे छ ।

काेभिड -१९ काेराेना भाईरसकाे महामारीकाे जाेखिमलाई नियन्त्रण गर्न लुंग्रेली समाजका प्रवास तथा बिदेशमा रहेका ब्याक्तिहरुले संकलन गरि पठाएकाे रकमले स्वास्थ्य सामाग्री बितरण गरिएकाे हाे ।
करिब ८२ हजार बराबरकाे लागतमा खरिद गरिएका उक्त सामाग्री गाउँ पालिकाकाे वडा नम्बर ५ लुंग्रामा रहेका प्रत्येक ब्याक्तिहरुलाई पुग्नेगरी पन्ध्र हजार सर्जिकल मास्क बितरण गरिएको र स्वास्थ्य चाैकिमा पनि २ थान नेबुलाईजर,६ थान अक्साेमिटर, मास्क लगाएतका समाग्री हस्तान्तरण गरिएको लुंग्रेजी समाज उप समितिका संयाेजक कृष्ण बहादुर खड्काले जानकारी दिनुभयाे ।

उहाले बिश्वभरी महामारीको रुपमा फैलिरहेकाे काेराेना भाईरसकाे चपेटामा परि त्रसित बनेका लुंग्रेली समुदायकाे लागि लुंग्रेली समाजका दाजभाईले विदेशमा रहेर पनि पठाएका स्वास्थ्य सामाग्रीले केही हतमा भएपनि राहत पुग्ने बताउदै सबैले सजग सतर्कता अपनाउन सके मात्रै काेराेना भाईरसकाे जाेखिमलाई परास्त गर्न सकिने बताउनु भयाे ।
यस्तै बिदेश तथा प्रवासमा रहेका लुंग्रेली समाजका पदाधिकारीले सबैले स्वास्थ्य मापदण्डकाे पूर्णरुपमा पलना गर्न अनुराेध गर्दै सचेत बने महामारी जाे काेहिले पनि सजिलै संग जित्न सकिने बताएका छन् ।