बैतडी – बैतडीको खोड्पेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाको परिचय खुलेको छ ।

पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घटनामा बैतडीको दोगडाकेदार-६ का २५ वर्षका प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार-६ कै २७ वर्षका करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षका कीर्तिका कार्कीको परिचय खुलेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै दार्चुलाको लेकम गाउँपालिका-४ का तर्कराज गिरी, दार्चुलाकै मालिकार्जुन गाउँपालिका-५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० का बिजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका-४ का नरेन्द्र चौधरी र धनगढी उपमहानगरपालिका-१८ का ऋषिराम चौधरीको दुर्घटनामा ज्यान गएको अधिकारीले जानकारी दिनुभएको छ ।

दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । ना ५ ख ५१४१ नम्बरको बस गएराति खोड्पे बजार नजिक दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker