
साँफेबगरको हाटबजार बाढिले डुबान
अछाम : साँफेबगर नगरपालिका ३ को हाटबजार क्षेत्रका १२ भन्दा बढी घर डुबानमा परेका छ । डुबानबाट ६० भन्दा बढी परिवार विस्तापित हुनुपर्ने अवस्था छ ।
आफु डुबानमा परी विस्तपित हुनथालेपछी स्थानियले साँफेबगर हाटबजारमा चक्का जाम गरेका छन ।
स्थानिय जनप्रतीनिधी तथा सरोकारबालाले पटक पटक ढल निकसा गरिने भन्दै आश्वास्न मात्र दिएको र कहिले पनि आफुले गर्ने कर्तव्य निर्वाह नगरेको भन्दै आफुहरु चक्का जाम गर्न बध्य भएको स्थानिय व्यावसायी भरत खड्काले बताए ।

सरोकार बाला संग कुरा गर्ने क्रममा सडक डिभिजन कार्यालय का ईन्जिनियार दमन बिष्टले कारीब ३ महिना अघाडी हाटबजारको ढल निकासको लागी पार्वती निर्माण सेवा अछाम को नाममा ठेक्का भएको र केहि कारणवस काम सम्पन्न नभएको बताए ।

अर्का स्थानिय व्यवसायी सुरेस कुँवरले काम सम्पन्न भन्दा पनि ढल निकासको काम सुरु नै नभएको गुनासो गरे ।
बाढिले बस्ने घरहरु संग संगै मेडिकल, होटेल , किराना पसल र गोदाम हरु समेत विस्तपित भएका छन ।
स्राेत : हाम्रो बुलेटिन