कैलाशखोलामा पानीको वहाब बढदै जादा रामारोशनका नागरिक त्रसित

कमल रावल, जेठ ७ अछाम गएरातिबाट अछाम जिल्लामा नियमीत रुपमा भारि बर्षा हुदा कैलाशखोलामा नदिको बाहव निकै बढेको छ ।

यसरी कैलाशमा बाढी सहीत पानी बढेपछी गतबर्ष भदौ २ को घटनालाई सम्झेर रामारोशन क्षेत्रका नागरिक तर्सित भएका छन ।

हिजोरातीबाट त्यस क्षेत्रका नागरिक निकै त्रसित भएका छन । रातभर पानीको बहाव बढेपछी सैनिबजार, खालबजार, मुजाबगर, गजडबजार क्षेत्रमा बस्दै आएका नागरिक त्रसित छन ।

असार साउनको महीना नलाग्दै जेठ महिनामै एक दुई दिनको बर्षाले कैलाश उर्लेर आएपछी गतबर्षको घटनालाई सम्झदै तर्सित हुदै आएका मुजाबगरका स्थानिय रुपक परियारले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button