
अछाममा थप १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि
अछाम : अछाममा शुक्रबार थप १ सय २२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा १ सय ४४ नमुना परीक्षण गरीएकामा १ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका र रामारोशन गाँउपालिका मार्फत १ सय ४४ जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा ४१ जना महिला र ८१ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
आज थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको मंगलसेन नगरपालिकाका रहेका छन् ।
नगरपालिकाको वडा नम्बर ८, ९, १०, ११, १२ र १४ का १४ जना महिला र ४५ जना पुरुष गरी ५९ जनामा संक्रमण देखिएको छ ।
यस्तै साँफेबगर नगरपालिका वडा नम्बर ४, ७, ९ र १४ का १५ जना महिला र १७ जना पुरुष गरी ३२ जना, रामारोशन गाँउपालिका वडा नम्बर ६ का १२ जना महिला र १२ जना पुरुष गरी २४ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार कमलबजार नगरपालिका वडा नम्बर १ र ५ का ७ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार २ सय १ जनाको कोरोना परीक्षण गर्दा १ हजार ६ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल सम्म अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १४ जना गरी १९ जनाको कोरोनाका कारण ज्यान समेत गैसकेको छ ।