
धनगढी, ७ जेठ सुदूरपश्चिमका ८ जिल्लाका खेलकुद समितिका अध्यक्ष मनोनीत भएका छन । शुक्रबार सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको धनगढीमा बसेको बैठकले जिल्ला अध्यक्षहरु मनोनीत गरेको खेलकुद परिषदका सदस्य सचिब दिपक बहादुर सिंहले जानकारी दिए । परिषदका अध्यक्ष सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले ८ जिल्ला अध्यक्षहरु मनोनीत गर्ने निर्णय गरेको हो ।
बैठकले अछाममा मीन बोहरा, बाजुरामा राकेश थापा, बझाङमा पुस्पलाल रोकाया, बैतडीमा चमन भण्डारी, दार्चुलामा, उमेश जोशी, डडेलधुरामा डम्मर बहादुर थापा, कंचनपुरमा ओम बस्नेत र डोटीमा नरेश मलासी लाई मनोनीत गरेको हो । बैठकले कैलाली जिल्लाको केही दिनमा अध्यक्षको नाम टुङ्गो लाग्ने परिषदले जनाएको छ ।