
अछाममा थप १ सय ७७ जनामा कोरोना, १ सय ३ जना मुक्त
अछाम : अछाममा शुक्रबार एकैदिन १ सय ३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
दोस्रो लहरमा जिल्लाका विभिन्न स्थानीय तहका, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीय गरि १ सय ८३ जना महिला र ३ सय ७५ जना पुरुष गरी ५ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
अब जिल्ला भर ९ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ सय ५५ जना होम आईसोलेसनमा छन् , भने १७ जना अस्पतालको आईसोलेसनमा रहेका छन् । आज आईसोलेसनबाट नीको भई ८ जना बिरामी डीस्चार्ज भएका छन् । भने ५ जना नयाँ बिरामी भर्ना भएका छन् ।
यसैबिच अछाममा आज थप १ सय ७७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा १ सय ४४ नमुना परीक्षण गरीएकामा १ सय २२ जनामा संक्रमण पुष्टी भएको हो ।
यस्तै जिल्लाका विभिन्न पालिकाबाट स्वाव सकलन गरी डोटी र डडेल्धुरा अस्पतामा भएको पिसिआर परिक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोरोना सम्पर्क व्यक्ति कुवँरले रेडियो सोसाईटी एफ, एमलाई जानकारी दिनुभयो ।
त्यस्तै आज मंगलसेन नगरपालिका र साँफेबगर नगरपालिका मार्फत १३ जनाको स्वाव संकलन गरी भएको एन्टीजेन परीक्षणमा ७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको हो । संक्रमण देखिनेमा मंगलसेन नगरपालिका २ जना र साँफेबगर नगरपालिकाका ५ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामका कोरोना सम्पर्क व्यक्ति मिन बहादुर कुवँरले जानकारी दिनुभयो ।