अछाममा थप १ सय २३ जनाले कोरोना जिते

अछाम : अछाममा आइतबार एकैदिन १ सय २३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

दोस्रो लहरमा जिल्लाका विभिन्न स्थानीय तहका, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीय गरि २ सय ५० जना महिला र ५ सय २० जना पुरुष गरी ७ सय ७० जना कोरोना संक्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

अब जिल्ला भर ९ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ सय १४ जना होम आईसोलेसनमा छन् ,भने १६ जना अस्पतालको आईसोलेसनमा रहेका छन् ।

आज आईसोलेसनबाट नीको भई ३ जना बिरामी डीस्चार्ज भएका छन् । भने आज नयाँ बिरामी अस्पताल भर्ना भएका छैनन् ।

यसैबिच जिल्लाका मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका र रामारोशन गाउँपालिकामा स्वाव सकलन गरी ५ जनाको एन्टीजेन परीक्षण भएकोमा १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोरोना सम्पर्क व्यक्ति मिन बहादुर कुवँर  जानकारी दिनुभयो ।

संक्रमण देखीनेमा मंगलसेन नगरपालिका वडा नम्बर १ का १ जना पुरुषमा संक्रमण देखीएको कोरोना सम्पर्क व्यक्ति कुवँरले बताउँनुभयो ।

हाल सम्म अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १४ जना गरी १९ जनाको कोरोनाका कारण ज्यान समेत गैसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button