
अछाम : अछाममा आज थप ७५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा गरिएको परिक्षणका क्रममा १ सय २० नमुना परीक्षण गरीएकामा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
पञ्चदेवल बिनायक नगरपालिका र कमलबजार पिसिआर प्रयोगशमला मार्फत १ सय २० जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा २५ जना महिला र ५० जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेक बहदुर बिष्टले जानकारी दिनुभएको छ ।
आज पनि थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाका रहेका छन् । नगरपालिकाको वडा नम्बर २, ३, ४, र ६ का २३ जना महिला र ४५ जना पुरुष गरी ६८ जनामा संक्रमण देखिएको छ ।
यस्तै कमलबजार नगरपालिका वडा नम्बर १, २, ८, ९ र १० का २ जना महिला र ४ जना पुरुष गरि ६ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार ढकारी गाँउपालिका वडा नम्बर १ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ५ सय ३७ जनाको कोरोना परीक्षण गर्दा १ हजार ९ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिले सम्म कोरोना सङ्क्रमणका कारण पहिलो चरणमा ५ जना र दोस्रो चरणमा १४ जना गरि १९ जनाको ज्यान गईसकेको छ ।