वडाध्यक्ष भण्डारी स्वास्थ्यकर्मी सहित टोल टोलमा

अछाम : मंगलसेन नगरपालिका वडा नम्वर ६ को नवाँगाउ टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मंगलसेन नगरपालिका वडा नं. ६ ले संचालन गरेको टोल स्वास्थ्य शिविर सोमबार नवाँगाउ टोलमा सम्पन्न भएको हो ।

कोभिड १९ को कारण लकडाउ अर्थात बन्दाबन्दीमा रहेका वडाबासि बाल वालिका, महिला र जेष्ट नागरिकका लागी वडा कार्यालयको समन्यमा स्थानिय स्वास्थ्य संथाका प्रमुख स्वास्थ्यकर्मि र जनप्रतिनिधीको सहभागीतामा स्वास्थ्य मापदण्डको पालना सहित संचालन भएको स्वास्थ्य संचालन भैरहेको छ।

शिविरमा नवाँगाउ टोलका ३ जना बालवालिका ९ जना पुरुष ७ जना पेष्टनागरीक महिला र ६ जना अन्य महिला गरी २५ जना विरामिको उपचार गरिएको शहरी स्वास्थ्य किलिनिक ठुलासैनका ईन्चार्ज मिनारावल भण्डारीले बताउनुभयाे ।

शिविरमा सामान्य जरो, पखाला , रुघा खोकी टाउको दुख्ने लगायतका लक्षण भएका विरामीको उपचार गरिएको भन्थान सामुदायिक स्वास्थ्य केन्द्रका ईन्चार्ज लक्षमण भण्डारीले बताउनुभयाे ।

शिविरमा आएका सबैलाई बडा अध्यक्ष जनकराज भण्डारीले कोरोना बाट र अन्य रोगबाट बच्न सरसफईमा र खानपिनमा ध्यानदिन अनुरोध गनुर्भयाे ।

शिविर मंगलबार वडाको गुठिना टोलमा संचालन गरिने भएको वडा अध्यक्ष जनकराज भण्डारीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button