बान्निगढी गाउँपालिकाद्वारा पिसिआर प्रयोगशालालाई ५ लाख सहयोग

अछाम : अछामको बान्निगढी जयगढ गाउँपालिकाले कमलवजार नगरपालिकामा सचलित आर टी पिसिआर परिक्षण प्रयोगशालाको लागि रु ५ लाख सहयोग गरेको छ ।

आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले कमलबजार नगरपालिकाका जनस्वास्थ्य अधिकृत चक्र बहादुर विष्ट लाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो ।

चेक हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष खड्काले अछाममा एक मात्र पिसिआर प्रयोगशालाको नियमित संचालनमा सहयोग पुगोस् भन्ने हेतुले पालिकाको तर्फ बाट पाँच लाख सहयोग गरेको बताउनुभयो ।

कोरोना परिक्षणका लागि कमलबजार पिसिआर प्रयोगशाला मात्रै रहेकाले उक्त प्रयोगशालालाई नियमित संचालनमा ल्याउनका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने उहाँको भनाई रहेको छ ।

यसैबिच जिल्लाको एक मात्र पिसिआर प्रयोगशाला संचालन गर्नका लागि आर्थिक अभावको कारणले सन्चालनमा समस्या नहोस भन्दै गाउँपालिकाले अनुदान स्वरुप ५ लाख उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र जोशिले बताउनुभएको छ ।

साथै उहाँले कमलबजार प्रयोगशाला लाई आगामी दिनमा पनि सक्दो सहयोग उपलब्ध गराउका लागि गाउँपालिका तयार रहेको बताउनुभयो ।

यसैबिच जिल्लाको बयलपाटा अस्पताल लाई समेत गाउँपालिकाले १ लाख सहयोग गरेको छ । अस्पतालमा कोभिड अस्पताल संचालनका लागी पहिलो चरणमा १ लाख अस्पताल लाई उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशिले बताउनुभएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशी, स्वास्थ्य शाखा संयोजक बसन्त रावल, सहभागीता रहेको रहेको थियो ।

यो कोभिड १९ को प्रकोपको रोकथाम र नियन्त्रण गर्ने अभियानमा आर्थिक सहयोग गरेको भन्दै कमलबजार नगरपालिकाका जनस्वास्थ्य अधिकृत चक्र बहादुर विष्टले गाउँपालिका लाई धन्यवाद दिनुभएको छ ।

यसैबिच बयलपाटा अस्पतालले पनि महामारीको समयमा कोरोनाको संक्रमण रोकथामको लागि भन्दै सहयोग गरेकोमा धन्यवाद दिएको छ म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button