
कात्तिक २८ अछाम
प्रहरी चौकी मेल्लेखबाट खट्ेको प्रहरी टोलीले जिपबाटै न्युनगुणस्तरको मदिरा बरामद गरेर नष्ट पारेको छ । प्रहरी टोलिले साँफेबगर बाट कुस्कोट जाँदै गरेको सुदुरपश्चिम प्रदेश १०० ज १२२३ र सेती १ ज १०३३ नम्बरको जिपमा लैजादै गरेको अबस्थामा प्रहरीले १ सय ५३ लिटर न्युनगुणस्तरको मदिरा बरामद गरेको हो ।
त्यसैगरि प्रहरीले टोलिले मेल्लेख गाउँपालिका वडा नम्बर ५ विन्धेवासिनी स्थित स्थानीय बजारमा चेकजाँच गर्दा तयारी घरेलु मदिरा १० लिटर समेत बरामद गरेको छ । बरामद गरिएको न्युनगुणस्तर र अबैध मदिरा स्थानीय जनप्रतिनीधी, समाजसेवी, बुद्धिजीवी, युवा लगाएत सरोकारवाला सबैको रोहबारमा नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।