अछाममा २ सय ७९ जना काेराेना मुक्त, ७५ जनामा कोरोना संक्रमण पुष्टि

टेकराज भण्डारी  जेठ १०, अछाम अछाममा आज साेमबार २ सय ७९ जना काेराेना भाईरसकाे संक्रमण मुक्त भएका छन् ।

जिल्लाका विभिन्न पालिकाका सर्वसाधारण, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी लगायत २ सय ७९ जनाले काेराेना जितेका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जाेशीले जानकारी दिनुभयो ।

याे संगै अछाममा जम्मा संक्रमित ३४ सय ७२ जनामध्ये २ हजार २५ पुरुष तथा ६ सय ९१ महिला गरि २७ सय १६ जना निकाे भई घर फर्केका छन् । दाेस्राे लहरमा संक्रमित १८ सय मध्ये १ हजार ४९ जना निकाे भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जसमा ७ सय १५ जना पुरुष र ३ सय ३४ जना महिला छन् । यसैवीच अछाममा आज साेमबार थप ७५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा गरिएको परिक्षणका क्रममा १ सय २० नमुना परीक्षण गरीएकामा ७५ जनामा संक्रमण पुष्टि भएको हो । जस अन्तर्गत २५ जना महिला र ५० जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभएको छ ।

पञ्चदेवल बिनायक नगरपालिका र कमलबजार नगरपतलिका र ढकारी गाउँपालिकाबाट संकलित स्वाब परिक्षण गरिएको हाे ।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाका रहेका छन् । नगरपालिकाको वडा नम्बर २, ३, ४, र ६ का १ सय ११ जनामा परिक्षण गर्दा २३ जना महिला र ४५ जना पुरुष गरी ६८ जनामा संक्रमण देखिएको छ ।

यस्तै कमलबजार नगरपालिका वडा नम्बर १, २, ८, ९ र १० का २ जना महिला र ४ जना पुरुष गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार ढकारी गाँउपालिका वडा नम्बर १ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ५ सय ३७ जनाको स्वाब परीक्षण गर्दा १ हजार ९ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिले सम्म कोरोना सङ्क्रमणका कारण पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १४ जना गरि १९ जनाको ज्यान गईसकेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button