अछाममा थप १ जना कोरानो संक्रमितको मृत्यु

कमल रावल अछाम : जिल्ला अस्पताल अछाममा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका १ का ६३ बर्षिय पुरुषको उपचारको क्रममा आज दिउसो ४ बजेर ४५ मिनेटमा जिल्ला अस्पतालको आईशुलेसनमा मृत्यु भएको जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाजले बताउनु भयो ।

संक्रमीत पुरुषलाई स्वास प्रश्वास तथा अक्सिजनको मात्रा एकदमै कम भएर जेठ ७ गते मात्रै जिल्ला अस्पताल अछाममा ल्याईएको उहाँले बताउनु भयो ।

अछाममा दोस्रो लहरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

जिल्ला अस्पताल अछामको आईशुलेसन वार्डमा उपचार पछी निको भएर सबै डिसार्च भएर १ जना संक्रमित उपचारारर्थ रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button