तुर्माखाँद गाँउपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान

अछाम : उधोग बाणिज्य संग अछामले तुर्माखाँद गाँउपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको छ ।

वाणिज्य संघले कोरोना माहामारी सग लड्न पालिकामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई सहज होस् भनेर सामाग्री प्रदान गरेको जनाएको छ ।

अहिलेको परिस्थिती निशेधाज्ञाको समयमा भनेको बेला समयमा स्वास्थ्य सुरक्षाका सामाग्री पाउन नसकिरहेका बेला वाणिज्य संघले उपलब्ध गराएको भन्दै गाँउपालका अध्यक्ष पुष्पराज शर्माले धन्यवाद ज्ञापन गरेका छन् ।

उद्योग वाणिज्य संघ अछामका कार्य समिती सदस्य श्री भिम बहादुर चलाउनेले उक्त सामाग्री गाँउपालिका अध्यक्ष पुष्पराज शर्मा र स्वास्थ शाखा प्रमुख ऐकेन्द्र बयकलाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सुरक्षा सामग्रीमा एन ९५ मास्क ३५ थान, सर्जिकल मास्क २ हजार थान, हेण्ड सेनिटाईजर १० लिटर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button