मंगलसेन नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग

अछाम : छिमेकी लघुवित्त संस्थाले मंगलसेन नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग गरेको छ ।

छिमेकी लघुवित्त संस्थाका लेखापाल किसोर कुमार बिष्टले २५ हजार रुपयाँको चेक कोषमा जम्मा गर्ने गरि नगर प्रमुख पदम बहादुर बोहरालाई हस्तान्तरण गर्नु भएको हो ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सहयोग पुगोस भन्ने हेतुले नगरपालिकालाई सहयोग गरिएको हो ।

यस्ले कोरोना संक्रमित, नगरपालिकाको आईशोलेशन निर्माण, राहात बितरण लगाएत नागरिकहरुको ज्याँन जोगाउँन अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री खरिदमा सहयोग पुग्ने नगरपालिकाका नगर प्रमुख बोहराले बताउनु भएको छ ।

मंगलसेन नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट आवश्यकता अनुसार नगरपालिकाका स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापनमा खर्च गर्न सकिने नगर प्रमुख बोहराले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा निमिक्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र वहादुर सोडारी, लेखा अधिकृत विष्णु प्रसाद उपाध्याय, स्टोर किपर नरेस बहादुर कठायत, एम आई एस अपरेटर होम साउद लगाएतको उपस्थिती रहेको नगरपालिकाको सूचना अधिकरी विष्णु प्रसाद जैसी जानकारी दिनुभयो ।

मंगलसेन नगरपालिका द्धारा छिमेकी लघुवित्त संस्थालाई हार्दिक धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button