अछाममा थप ३० जना काेराेना मुक्त, ९५ जना थपिए

अछाम : अछाममा मंगलबार थप ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

दोस्रो लहरमा जिल्लाका विभिन्न स्थानीय तहका, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीय गरि ३ सय ४७ जना महिला र ७ सय ३२ जना पुरुष गरी १ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

अब जिल्लाभर ८ सय जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ सय ७४ जना होम आईसोलेसनमा छन् , भने १४ जना अस्पतालको आईसोलेसनमा रहेका छन् ।

आज आईसोलेसनबाट नीको भई २ जना बिरामी डीस्चार्ज भएका छन् भने आज नयाँ बिरामी अस्पताल भर्ना भएका छैनन् ।

यसैबिच जिल्लाको मंगलसेन नगरपालिका र साँफेबगर नगरपालिकामा स्वाव सकलन गरी ८ जनाको एन्टीजेन परीक्षण भएकोमा २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोरोना सम्पर्क व्यक्ति मिन बहादुर कुवँर जानकारी दिनुभयो ।

संक्रमण देखीनेमा मंगलसेन नगरपालिका वडा नम्बर ५ का १ जना पुरुष र साँफेबगर नगरपालिका वडा नम्बर ३ का १ जना पुरुषमा संक्रमण देखीएको कोरोना सम्पर्क व्यक्ति कुवँरले बताउँनुभयो ।

हाल सम्म अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १४ जना गरी १९ जनाको कोरोनाका कारण ज्यान समेत गैसकेको छ ।

यसैबिच : अछाममा मंगलबार थप ९३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा १ सय २० नमुना परीक्षण गरीएकामा ९३ जनामा संक्रमण पुष्टि भएको हो ।

पञ्चदेवल बिनायक नगरपालिका, रामारोशन गाउँपालिका र दैलेखको आठविस नगरपालिका मार्फत १ सय २० जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा १५ जना महिला र ७८ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

आज थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाका रहेका छन् । नगरपालिकाको वडा नम्बर ५, ७ र ८ का १३ जना महिला र ६७ जना पुरुष गरी ८० जनामा संक्रमण देखिएको छ ।

यस्तै रामारोशन गाँउपालिका वडा नम्बर १ का २ जना महिला र १० जना पुरुष गरि १२ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला बाहिरका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा दैलेख जिल्लाको आठविस नगरपालिका वडा नम्बर ६ का १ जना पुरुष हुन् ।

हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ६ सय ५७ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button