
अछाममा एकैदिन ३ सय २१ जना कोरोना मुक्त, ८१ जना थपिए
अछाम : अछाममा बुधबार एकैदिन ३ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
दोस्रो लहरमा जिल्लाका विभिन्न स्थानीय तहका, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीय गरि ४ सय ३७ जना महिला र ९ सय ६३ जना पुरुष गरी १ हजार ४ सय जना कोरोना संक्रमण मुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
अब जिल्लाभर ५ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ सय २६ जना होम आईसोलेसनमा छन् भने १७ जना अस्पतालको आईसोलेसनमा रहेका छन् ।
आज आईसोलेसनबाट नीको भई २ जना बिरामी डीस्चार्ज भएका छन् भने आज ५ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन् ।
यसैबिच जिल्लाको मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका र चौरपाटीमा स्वाव सकलन गरी १६ जनाको एन्टीजेन परीक्षण भएकोमा ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोसीले सोसाईटी सञ्चारलाई जानकारी दिनुभयो ।
संक्रमण देखीनेमा मंगलसेन नगरपालिका वडा नम्बर ९ का १ जना पुरुष र साँफेबगर नगरपालिका वडा नम्बर ३ का १ जना महिला र चौरपाटी वडा नम्बर १ र ४ का १–१ जना पुरुषमा संक्रमण देखीएको सुचना अधिकारी जोसीले बताउँनुभयो ।
हाल सम्म अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १४ जना गरी १९ जनाको कोरोनाका कारण ज्यान समेत गैसकेको छ ।
यसैबीच अछाममा बुधबार थप ७७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ९६ नमुना परीक्षण गरीएकामा ७७ जनामा संक्रमण पुष्टी भएको हो ।
जिल्ला अस्पताल अछाम, मंगलसेन नगरपालिका, रामारोशन गाउँपालिका, तुर्माखाँद गाउँपालिका, दैलेखको आठविस नगरपालिका र कमलबजार पिसीआर प्रयोगशालामा मार्फत ९६ जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा १८ जना महिला र ५९ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
आज थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको मंगलसेन नगरपालिकाका रहेका छन् । नगरपालिकाको वडा नम्बर ३, ४, ५ र १० का ४ जना महिला र २३ जना पुरुष गरी २७ जनामा संक्रमण देखिएको छ ।
यस्तै रामारोशन गाँउपालिका वडा नम्बर १, २, ३ र ७ का १० जना महिला र १३ जना पुरुष गरि २३ जना, तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ र ८ का १ जना महिला र १० जना पुरुष गरि ११ जना, कमलबजार नगरपालिका वडा नम्बर १, २, ७ र १० का १ जना महिला र ६ जना पुरुष गरी ७ जना, पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला बाहिरका ८ जनामा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा दैलेख जिल्लाको आठविस नगरपालिका वडा नम्बर ४, ६, ८ र ९ का २ महिला ६ जना पुरुषमा संक्रमण देखीएको हो ।
हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ७ सय ५३ जनाको कोरोना परीक्षण गर्दा २ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।